add

२०८० असार १० गते आइतवारको दैनिक राशिफल र पञ्चाङ्ग






ActPro Nepal

|

१० असार, २०८०

|
943

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० असार १० गते, आइतवार, २५ जुन २०२३। आषाढ शुक्ल पक्ष सप्तमी तिथि, २०ः४३ बजेपछि अष्टमी। पूर्वफाल्गुनी नक्षत्र, ७ः४४ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि– सिंह, १४ः१८ बजेपछि कन्या ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

धन सम्पत्ति आर्जन हुने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। खर्च बढ्ने देखिन्छ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै काम भएन भनेर छोड्नुभन्दा त्यसलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुरानो रोगबाट मुक्त हुनुहुनेछ। चन्द्रमा अनुकुल रहेकाले मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ। साथीबाट सहयोग मिल्नेछ। आँटेको काम गर्नु राम्रो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सोचेर मात्र बोल्नु राम्रो हुनेछ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ। आफन्तबाट धोका हुने भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला। राजनीतिबाट आलस्य बढ्नेछ। साथीले धोका दिने भएकाले सचेत हुनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। यसमा सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

तपाईं मध्ये साढेसातमा चल्दै हुनुहुन्छ। झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.