add

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट






ActPro Nepal

|

५ असार, २०८०

|
336

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित Arogin Health Care का विभिन्न सेवाहरुमा ५ प्रतिशत देखि अधिकतम ४५% (hair transplant & hair fall treatment),  इटहरी, सुनसरीमा अवस्थित Hotel Pathibhara International का सेवाहरुमा १० प्रतिशत, मैतिदेवी काठमाडौंमा अवस्थित Buingal Lounge & Bar का सेवाहरुमा प्रतिशत , लाजिम्पाट, काठमाडौंमा अवस्थित Yellow Hatti का सेवाहरुमा अधिकतम १०प्रतिशत, इटहरी ०६, सुनसरीमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा अधिकतम १०प्रतिशत र मैतिदेवी, काठमाडौंमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा १०प्रतिशत को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.