add

आइएमई २३औँ वर्षमा प्रवेश : रेमिटेन्स सेवालाई थप परिस्कृत, सरल र सुरक्षित बनाइने






ActPro Nepal

|

३१ जेठ, २०८०

|
285

काठमाडौं । आइएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले रेमिटेन्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने बताए बताएका छन् ।

मंगलबार कम्पनीले स्थापनाको २३ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

वैधानिक माध्यमबाट रेमिटेन्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै उनले आफ्ना व्यवसायहरुलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने जानकारी दिए ।

सोही अवसरमा आइएमईका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने बताए ।

यस्तै, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले आइएमई आफ्ना विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए ।

कार्यक्रममा कम्पनीमा १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारीहरु तथा लामो समयदेखि कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी, वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका विजेता र उपविजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.