add

अब इसेवाबाटै घरको बीमा गर्न सकिने






ActPro Nepal

|

२६ जेठ, २०८०

|
248

काठमाडौं । इसेवाबाट घरको बीमा गर्न सकिने भएको छ । इसेवाले यूएसआईडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको हो ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुनेछ । साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिनेछ ।

यसयोजना इसेवाको मोबाइल एप भित्र रहको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ ।

बीमा नीति अनुसार १ करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० देखि ४ हजार ५०० रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ । बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ ।

यस योजनामा सहभागी हुन घर धनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागू हुनेगरी इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.