add

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रतिवादीको न्यायाधीशसमक्ष बयान हुदै






ActPro Nepal

|

१२ जेठ, २०८०

|
379

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउ परेका १६ जना प्रतिवादीहरुको आजदेखि न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले पक्राउ परेका १६ जनाको आजबाट प्रतिवादीहरुको बयान हुने भएको हो। १४ जना फरार रहेका छन्।

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ।

जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरिसकेको छ। प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो।

मुद्धा दायर गरिएकाहरुमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीलगायत १६ जना रहेका छन्।

त्यस्तै प्रहरीले मुद्धा दायर गरेका १४ जना भने फरार रहेका छन । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापाका पुत्र प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाई, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकी रहेका छन्। उनीहरुविरुद्ध ठगीको मुद्दा चलाइएको छ। 

अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.