add

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित






ActPro Nepal

|

५ वैशाख, २०८०

|
284

काठमाडौं । शेयर बजार  झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३.७ अंकले घटेर १९०४. ९८ बिन्दुमा झरेको हो ।

यसदिन ८७ करोड ४ लाख ४८ हजार  १५१ रुपैयाँको २९ लाख ७५ हजार ९२० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये तीन बटा बढेको छ भने अन्य सबै घटेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको छ । सोमवार ९२ करोड ७८ हजार ५७१ रुपैयाँको रुपैयाँको बराबरको कारोबार भएको थियो ।

घट्दो बजारमा कालिञ्चोक दर्शन र मैलुङ खोलाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज प्रभू बैकको प्रमोटेर शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड २६ लाख बढीको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ३ करोड ९८ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.