add

तीन ग्याङको लडाइँको कथामा 'छड्के २' , ट्रेलर बुधबार आउँदै






ActPro Nepal

|

९ फागुन, २०७९

|
668

काठमाडौं । अनमोल केसी स्टारर नेपाली सिनेमा ‘छड्के’ रिलिजको संघारमा छ ।  फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन्  । अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतीक्षित बनेको छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतीक्षित बनेको हो । 

ग्याङस्टरको कथा भन्ने सिनेमा ‘छड्के२’ले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङ गरी ३ ग्याङको कथा भन्छ जसको उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसी हुन् । अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो । यी तीनवटा ग्याङमध्ये कसले जित्छ र यार्सागुम्बुमा आफ्नो पकड जमाउँछ त्यो भने हेर्न बाँकी नै छ । 

सिनेमामा मनाङको सुन्दर पठार देखिने छ  यो सिनेमामा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमालीभेगको सुन्दरता पनि देखिने छ । निगम श्रेष्ठको निर्देशक रहेको सिनेमाका लेखक पनि उनी स्वयं हुन् । ‘स्थानीयस्तरमा प्राकृतिक स्रोतको उपयोग र त्यसको दुरुपयोग कसरी भइरहेको छ भन्ने यो सिनेमाले देखाउँछ । हामीले मनाङ पुगेर यार्सागुम्बुको कथा भनेका छौँ, यो त एउटा प्रतिनिधि घटना मात्रै हो’ निर्देशक श्रेष्ठ भन्छन्, ‘देशका हरेक प्राकृतिक स्रोतमा स्थानीयस्तरमा यस्तै लडाइँ झगडा हुने गरेको छ ।

आआफ्नो ग्याङ बनाएर त्यस्तो स्रोत हत्याउने काम भइरहेको छ । यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म हाम्रो सिनेमाले देखाउने छ ।’सिनेमाको ट्रेलर यही बुधवार सार्वजनिक हुँदैछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.