add

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता






ActPro Nepal

|

३ फागुन, २०७९

|
542

काठमाडौं ।  पप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टचार भेट गरेका छन्।

मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेल्वे सञ्चालनका लागि दक्ष बनाउने विषय सकारात्मक र महत्वपूर्ण भएको बताएका थिए । त्यसलाई आफूहरूले आत्मसात् गर्ने उनको भनाइ थियो । भेटका क्रममा रक्सौल–काठमाडौँ रेल्वे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.