काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आजचाँदीको मूल्यमा पनि १० रुपैयाँले बृद्धिभएको छ। चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।