add

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँ आइपुगे






ActPro Nepal

|

१ फागुन, २०७९

|
484

'काठमाडौं । भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबार काठमाडौं आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। 

नेपाल बसाइँका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सचिव क्वात्रा भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन्। सो छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लन्च’ कार्यक्रममा सहभागी हुनेछन् । परराष्ट्र सचिवले दिएको लन्चपछि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री  विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्। सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। उनी त्यसका लागि बालकोट जानेछन्।

विदेश सचिव क्वावत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन्। मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.