काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको क्षेत्र चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले २०८० साल वैशाख १० गते आइतबार चितवन-२ मा उपनिर्वाचन निर्णय गरेको हो।
यसअघि रवि गत मंसिर ४ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित भए पनि अवैध नागरिकताका कारण उनको सांसद पद खारेज भएको थियो।
सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग चितवन-२ को उपनिर्वाचन छिटो हुनुपर्ने माग राखेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।