add

राष्ट्रपति निर्वाचनबारे प्रचण्ड र ओलीबीच ‘भनाभन’






ActPro Nepal

|

२९ माघ, २०७९

|
296

काठमाडौं । सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ ।

गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिँदै गएको हो । नेपाली कांग्रेस भने हौसिएको छ । शनिबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट शुरू भइसकेको बताए । ढिलो–चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने दाबी गर्दै उनले वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दाबी गरे ।

प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पु¥याइएको भन्दै बिना योजना सत्ता प्राप्तिकै लागि मात्रै गरिएको गठबन्धनमा अहिले नै खटपट आइसकेको बताए । सत्ता सहयात्राका प्रमुख पात्र ओली र उनकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डबीच राष्ट्रपति निर्वाचनको विषयलाई लिएर चिसोपन बढ्दै गएको गठबन्धनकै नेताहरुले सार्वजनिक गर्न थालेका छन् ।

शुक्रबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत राष्ट्रपति निर्वाचनको विषय लिएर प्रचण्ड र ओलीबीचमा ‘भनाभन’ नै भएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.