add

कांग्रेस सरकारमा जाँदैनः शेखर कोइराला






ActPro Nepal

|

२३ माघ, २०७९

|
492

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि पार्टी अहिले नै सरकारमा सहभागी नहुने उनको भनाइ छ ।

सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भने, 'कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।'

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ ।  राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

फरक प्रसँगमा बोल्दै कोइरालाले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए । लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै कोइरालाले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए ।

'आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ,' कोइरालाले भने, 'सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.