add

भ्रष्टाचारविरूद्ध कलम चलाउन मन्त्री गिरीको आग्रह






ActPro Nepal

|

२२ माघ, २०७९

|
303

चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरूद्ध कलम चलाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज चितवनमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो भनेका हुन् ।

मन्त्री गिरीले भने, ‘तपाईहरूको कलम भ्रष्टाचार विरूद्धमा बम र बाढी हुन सक्ने गरी चलाउनुहोस् ।’ अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उनले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताए ।

देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरूरी रहेको उनले जानकारी दिए । ‘भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ’, मन्त्री गिरीले भने, ‘विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ ।’

देशमा राजनीतिक रूपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताए । परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उनले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने उनको भनाइ छ । 

नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइ राख्न पत्रकारलाई आग्रह गरे । उक्त अबसरमा डा.सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो ।

पुरस्कारको रकम २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.