add

बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध






ActPro Nepal

|

११ माघ, २०७९

|
341

काठमाडौं । प्रहरीले बोत्तल र जर्किनमा  पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध लगाएको छ ।  शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि खुल्ला भाँडोमा पेट्रोलियम पदार्थ बेच्नेलाई कारबाहीको चेतावनी दिएको हो ।

असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको सूचनामा काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

त्यस्ता पेट्रोल पम्पहरुलाई प्रहरीले सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनी दिएको छ ।

पछिल्लो समय आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने क्रम बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.