add

‘चाहिँदैन भो पैसाको थुप्रो नी’ सार्वजनिक






ActPro Nepal

|

५ माघ, २०७९

|
862

काठमाडौँ। गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको 'चाहिदैन भो पैसाको थुप्रो नी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।

गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।

भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्। फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.