काठमाडौं । यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ।
विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो। चालक दलका चारजना सदस्य विमानमा सवार थिए।
बिहान काठमाडौंबाट पोखरा विमानस्थलका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको प्रहरीले बताएको छ।
अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालि सकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।
यी हुन् यात्रु
Comment