add

म्युजिक भिडियो ‘आमा बाबा’ सार्वजनिक






ActPro Nepal

|

२० पुष, २०७९

|
888

काठमाडौं । साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गरेका हुन् ।

समालोचक डा बरालले गीतका शब्द तथा भाव सुन्दर रहेको धारणा व्यक्त गरे। उनले गीतको अलङ्कार तथा लय सशक्त रहेको एवं सङ्गीत तथा स्वरस्तरीय रही गीतको भाव र ओजलाई कायम गर्न सकेको टिप्पणी गरे । ‘आमा बाबा’ को सङ्गीत तथा गायन खड्ग न्यौपानेले र निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा खड्ग न्यौपाने, हिउँवाला गौतम, जोन बम, समीप न्यौपाने (बाल कलाकार) ले अभिनय गरेका छन् । सो गीतको सङ्गीत संयोजन कुमार थापामगर, रेकर्ड राजेश श्रेष्ठ, मिक्स किशोर थापा, शृङ्गार तथा वेषभूषा प्रतीक्षा भट्टराईले गरीएकाे र रेकर्ड ए वान म्युजिक स्टुडियोमा गरिएको थियो ।

भिडियोको प्रोडक्सन म्यानेजर सूर्य ओली, क्यामेरा उत्सव दाहाल र सम्पादन विकास दाहाल हुन् । सो म्युजिकल भिडियोको उत्पादन र प्रस्तुति देवी न्यौपानेले गरेका हुन् ।

कार्यक्रममा सङ्गीतकार तथा गायक खड्ग न्यौपाने, आयोजक संस्थाको तर्फबाट भारती तिम्सिना तथा उपस्थित सहभागीको तर्फबाट फ्रान्सबाट भक्तराज वाग्ले, क्यानडाबाट सुरेन उप्रेती, अमेरिकाबाट ईश्वरी भट्ट, जर्मनीबाट सन्तोष भट्टाराई तथा हेम शेर्पा, नेपालबाट डा मोहन खड्काले भिडियोबारे आफ्नो धारणा राखेका थिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.