add

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा अत्याधुनिक प्रविधि र थप सुविधासहित सञ्चालनमा






ActPro Nepal

|

१८ पुष, २०७९

|
460

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले साबिकमा सञ्चालन गरिरहेको ‘प्रभु मोबाइल बैंकिङ’ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ सुविधासहित ‘डिजी प्रभु’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।

बैंकले पुस १६ गतेदेखि सञ्चालनमा ल्याएको डिजी प्रभुमार्फत ग्राहकले आफूले चाहेको समयमा जुनसुकै स्थानबाट मोबाइल, ट्याबलेट वा ल्यापटपका माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ सेवाहरु उपभोग गर्न सक्नेछन्। उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताले एप्पल स्टोर वा गुगल पेस स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।

आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ एपको नयाँ संस्करण ग्राहकले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com का माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन्।

यसमार्फत ग्राहकले निम्न बैंकिङ सुविधाहरुको लाभ लिन सक्नेछन्–

पासवर्ड र पिन बिर्सिएमा आफैँले रिसेट गर्न सकिने।

मोबाइल बैंकिङमा भएको कार्डलेस सुविधा प्रयोग गरी एटीएमका माध्यमबाट नगद झिक्न सकिने।

बैंकले दिने सेवासम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने।

बैंकका कर्मचारीसँग भेट्ने समय सुनिश्चित गर्न सकिने।

ई–भौचरका माध्यमबाट नगद निक्षेप गर्न सकिने।

ई–क्यासका माध्यमबाट प्रभु बंैकमा खाता नभएका ग्राहकले समेत मोबाइलमा प्राप्त कोडका आधारमा रकम झिक्न सकिने।

फोनपे तथा नेपालपे क्यूआरमा स्क्यान गरी क्यूआर कोडमा आधारित सरल भुक्तानी गर्न सकिने।

उपरोक्त बैंकिङ सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी पाउनेलगायतका सेवाहरु पनि ग्राहकले उपभोग गर्न सक्नेछन्। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज रुपमा बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनमा मोबाइल बैंकिङ सेवामा थप सुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ।

ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरु जस्तै– अनलाइनबाट बचत तथा मुद्दति खाता खोल्न सकिने, बिना कुनै झन्झट फोनलोन सेवाको उपभोग गर्न सकिनेजस्ता सुविधाहरु पनि आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर २१७ वटा शाखा, १९४ वटा एटीएम, ६३ वटा एक्सटेन्सन काउन्टर तथा ७०० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.