add

संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएः धर्मेन्द्र बाँस्तोला






ActPro Nepal

|

२३ मंसिर, २०७९

|
386

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे  कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका हुन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । 

उनले भने- ‘कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकार फुटाएर तीन टुक्रा पार्ने केपी ओली, हार गुहार गर्ने केपी ओली होस् । या सत्ता पाएन भनेर सरकारमा भएको पार्टीलाई फुटाएर अलग्गै गर्ने प्रचण्ड होउन् । र त्यसको निम्ति साम्राज्यवादीहरु सँग हारगुहार गर्ने यि सबै सर्वहारावादी नीति, जनपक्षिय नीतिबाट उनीहरु च्युत भएका थिए । उनीहरुले नेपाली जनताको सेवा गर्नुपथ्र्यो । समाजवादी सिद्धान्तको सेवा गर्नुपथ्र्यो । उनीहरुले विज्ञानको सेवा गर्नुपथ्र्यो । उनीहरुको व्यवहार सारा जनताले भनेको छन्, नातावाद, कृपावाद, भ्रष्टचारी, तस्करी, फाइदाको निम्ति आफ्नो घरबेटीहरु च्याप्ने । फाइदाको निम्ति गोकुल बाँस्कोटाजस्तो नाङ्गै प्रकारको भ्रष्टाचार गर्नेलाई च्याप्ने ।संसदवाद, प्रतिक्रियावाद उसले आफ्नो प्रकारको राज्य प्रणाली चाहन्छ । समाजवादी प्रकारको चाहँदैन ।’

 संयोजक बाँस्तोलाले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए । उनले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गरे । कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा पनि उनले जोड दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.