add

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने






ActPro Nepal

|

२३ मंसिर, २०७९

|
378

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । 

केन्द्रिय बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

पछिल्लो समय कार्यविधिलगायतमा विभिन्न संशोधन गरेको राष्ट्र बैंकले यससम्बन्धि छुट्टै सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा आगामी माघ १ गतेदेखि संचालनमा आउने बताएको हो ।

यसअघि राष्ट्र बैंकले रिस्क एसेसमेन्ट गाईडलाईन्स समेत सार्वजनिक गरिसकेको छ । कालोधन ओसारपसारको विषयलाई यसअघि राष्ट्र बैंकले आयात निर्यात व्यापारमा समेत उच्च पदस्थको खाता निगरानीमा राख्न बैंक तथा बित्तीय संस्थालाई निर्देशनसमेत दिएको थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.