add

महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पून भट्टराई






ActPro Nepal

|

२३ मंसिर, २०७९

|
405

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई पुन नियुक्त भएका छन्।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई पून नियुक्त गरेको हो । यससँगै उनको कार्यकाल थप बर्षको रहने छ । महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि पनि भट्टराई नै प्रमुख कार्यकारी हुने छन् ।

भट्टराईले२०३९ सालमा नेपाल बैंकबाट अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नेतृत्वमा बसेर काम गरेका उनको पहलमा महालक्ष्मी विकास बैंक खुलेको हो ।

तत्कालिन महालक्ष्मी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतबाट राजिनमा दिएर उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। यसरी उनी नेपालको जीवन बीमा कम्पनीमा पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत भट्टराई भएका थिए।

त्यसपछि भट्टराई एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भए। त्यहाँ छाडेर उनी फेरि महालक्ष्मीमा फर्किएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.