add

गीत सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ : नेता पौडेल






ActPro Nepal

|

२० मंसिर, २०७९

|
557

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायण गोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले सोमबार आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताए ।

काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने उल्लेख गर्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत सङ्गीत हस्तान्तरण गर्नुपर्ने बताए । मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने वातावरण राज्यले बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले गीतकार तथा सङ्गीतकारले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए । गीतकार, सङ्गीतकारलाई सम्मान गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । नेता पौडेलले पश्चिमा राष्ट्रले आफ्नो सभ्यतासँग जोडेर सङ्गीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, सङ्गीत पछाडि परिरहेको उल्लेख गरे । सोही अवसरमा नेपालको गीत सङ्गीतको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.