add

पाल्पाबाट लागूऔषधसहित एक जना पक्राउ






ActPro Nepal

|

१९ मंसिर, २०७९

|
573

पाल्पा । प्रहरीले लागूऔषधसहित एक जनालाई पाल्पाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का ३९ वर्षीय अनिल साइ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित अनिललाई पाल्पाकै बगनासकाली–३, पोखराथोक नजिकैबाट पक्राउ गरेको हो।

बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग१३प४०३६ नम्बरको मोटरसाइकलमा सवार अनिल सिद्धार्थ राजमार्गको पोखराथोकमा जाँच गर्ने क्रममा पक्राउ परेको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

अनिलको साथबाट प्रहरीले टर्सिरेक्स सय एमएलको पाँच बोतल, नाइट्राभेट–१० लेखेको नौ ट्याब्लेट, स्याम्पेक्स १६ ट्याब्लेट फेला पारेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.