add

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट






ActPro Nepal

|

१४ पुष, २०८१

|
49

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता ३० अंकले बढेको नेप्से यस साता पहिलो दिनमै २१ अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोड रुपैयाँले बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० समूहको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले घटेको छ भने लघुवित्त समूह १.१२ प्रतिशतले बढेको छ ।

आज प्रभु बैंकको सर्वाधिक २६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जानकी फाइनान्सको १६ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज महिला लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज ५ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.