add

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा






ActPro Nepal

|

१९ मंसिर, २०७९

|
293

काठमाडाैं  ।  डेढ वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सोमबार सर्वोच्च अदालतमा एमालेले कारबाही गरेका १४ निवर्तमान सांसदको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर सोमबार सो मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पठाएका थिए । तर संसद सचिवालयले सो पत्र सूचना पाटीमा टाँस नगरेपछि नेपालले आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले एमालेका निवर्तमान १४ सांसदलाई कारबाही नगरी थाती राखेका थिए ।

सो पार्टी अवैध रहेको भन्दै खारेज गर्न एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दायर भएपछि सबै मुद्दा एक ठाउँमा राखी सुनुवाइ गरिएको थियो । तर, बीचमै रोकिएपछि अहिलेसम्म फैसला हुन सकेको थिएन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.