add

एकीकृत समाजवादीमा प्रवेश गरे दीपक मनाङे






ActPro Nepal

|

१९ मंसिर, २०७९

|
784

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

सांसद मनाङेले मंसीर १९ गते विज्ञप्ति जारी गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन्। 

मंसीर ४ गते मतदान हुनुअघि नै मनाङ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए। पूर्व मन्त्री समेत रहेका मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

मनाङेले आफू कमाउने उद्धेश्यले नभई सेवाभावले राजनीतिमा प्रवेश गरेको दाबी गरेका छन्। “अतः मेरो यस पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरू मध्ये नेकपा (एकीकृत समाजवादी) रहेको” मनाङेले विज्ञप्तीमा भनेका छन्, “त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु।” 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.