काठमाडौं । गठबन्धनको बैठकले वर्तमान गठबन्धनलाई निरन्ता दिने मोटामोटी सहमति गरेको छ।
सोमबार साँझ प्रधानमन्त्री सरकार निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनले भनेको छ-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ। मुलुमका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ।
निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिले अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।