काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ ।
चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे गर्न आज दिउसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो ।
बैठक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका हुन।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।
त्यस्तै, नेकपा ९एकीकृत समाजवादी० ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।