add

ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै, यसरी हुँदैछ ट्राफिक व्यवस्थापन






ActPro Nepal

|

१९ मंसिर, २०७९

|
619

काठमाडौं । ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ ।

बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो। फ्लाई ओभर निर्माण हुने तयारी भएसँगै ट्राफिक ब्यबस्थापनमा केहि फेरबदल गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार आगामी मङ्सिर २३ गते बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई 'फास्ट ट्रयाक' बाट चलाइने छ ।

त्यस्तै कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई  'फास्ट ट्रयाक' बाट संचालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यो ब्यबस्था फ्लाई ओभरको निर्माण कार्य सम्पन्न नभएसम्म लागु हुने छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.