add

समानुपातिक ‘अपडेट’ : एमालेलाई पछ्याउँदै कांग्रेस, घण्टीलाई उछिन्दै फेरि अघि लाग्याे माओवादी






ActPro Nepal

|

१३ मंसिर, २०७९

|
776

काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । 

मंगलबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले २५ लाख ७० हजार १४२ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ समानुपातिक मत पाइसकेको छ। 

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले छ । उसले अहिलेसम्म १० लाख ७० हजार १५५ मत ल्याएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४९ हजार ७७ मत ल्याएको छ।  जसपाले ३ लाख ४३ हजार ९६३ प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा जनमत पार्टी २ लाख ८७ हजार ५०५ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ६२ हजार ७५७ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन् । 

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् । 

यो पनि :

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.