add

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि






ActPro Nepal

|

१३ मंसिर, २०७९

|
453

सर्लाही । सर्लाहीबाट मधेस प्रदेशसभामा यस पटक केही पुराना र केही नयाँ उम्मेदवार निर्वाचित भएका छन्। जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित आठसहित मधेस प्रदेशका आठवटै जिल्लाबाट ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सातजना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन्। विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित केही प्रदेशसभा सदस्यहरू यस पटक पनि पुनः दोहोरिनुभएको छ भने पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ।

मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, प्रदेशसभा सदस्य उपेन्द्र महतो, बेची लुङ्गेली र सञ्जय यादव यस पटक प्रदेशसभामा दोहोरिएका छन् भने जङ्गीलाल राय, कौशल किशोर राय, फकिरा महतो र जवाहरलाल कुशवाह यसपटक नयाँ निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी नयाँ निर्वाचित भएका हुन् भने प्रदेशसभा  सदस्यमा क्षेत्र नं २ (१) बाट जङ्गीलाल र २ बाट कौशलकिशोर, क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट जवाहरलाल कुशवाह र क्षेत्र नं ४ को प्रदेशसभा २ बाट फकिरा महतो नयाँ अनुहार निर्वाचित भएका थिए।

क्षेत्र नं १ को (१) बाट लोकतान्त्रिक समाजपवादी पार्टी (लोसपा) का उपेन्द्र, २ बाट नेकपा (एकीकृत समाजवादी) पार्टीबाट बेची, क्षेत्र नं ३ (२) बाट जनता समाजवादी पार्टी (जसपा)का सञ्जयकुमार र क्षेत्र नं ४ (१) बाट नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद प्रदेशसभामा पुनः निर्वाचित भएका  जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.