add

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा रामप्रसाद ढुंगाना विजयी






ActPro Nepal

|

९ मंसिर, २०७९

|
681

काठमाण्डौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी भएका छन्  ।

बिहीबार  सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डेले ११ हजार छ सय ६२ मत प्राप्त गर्नुभयो । उनिहरुबीचको मतान्तर चार सय ४८ रहेको छ ।

उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका नेपाली कांग्रेसका उम्मेदवार गीता अमात्यलाई चार हजार ६२ मत र नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रकाश लोहनीलाई दुई सय ८५ मत प्राप्त भएको छ ।

चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपेश लामाको दुई हजार आठ सय ८४ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्र न्यौपानेको पाँच सय १७ र शम्भुप्रसाद पनेरुको एक सय १२ मत आएको छ ।

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १३ उम्मेदवार प्रतिस्पर्धामा भए पनि बाँकी उम्मेदवारले प्राप्त गरेको मत एक सयभन्दा कम छ । यस निर्वाचन क्षेत्रमा बेलकोटगढी नगरपालिकासहित विदुरको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ पर्दछन् । यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा ३३ हजार सात सय ७५ मत खसेको थियो ।

यो पनि :

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.