काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै शुरु भएको छ ।
देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ ।
साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।
कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घण्टी आक्रमक रुपमा देखिएको छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नेकपा एमाले र सत्ताधारी गठवन्धनलाई पछि पादै सुरुवाती अग्रता लिएका छन् ।
कुल ५४१ मत गणना हुँदा स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का माधव कंडेल १६२ मतका साथ अगाडि छन् । त्यस्तै, एमाले (सूर्य चुनाव चिन्ह)की विद्या भट्टराईको १२२ र सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रीनाथ बरालले ११ मत पाएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १ सय ७७ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमीले ७५ मत पाएर तेस्रो स्थानमा छिन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।