add

तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने क्यानडाको घोषणा






ActPro Nepal

|

२१ कार्तिक, २०७९

|
418

काठमाडौं । क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने घोषणा गरेको छ । यसबाट नेपालीहरु समेत लाभान्वित हुन सक्नेछन् । क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरेका हु्न् ।

उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउने बीबीसीले लेखेको छ । सन् २०२४ मा चार लाख ८५ हजार र २०२५ सम्ममा पाँच लाख आप्रवासीसम्मलाई त्यस्तो अनुमति दिनेछ।

क्यानडा सरकारको प्रारम्भिक लक्ष्यभन्दा करिब १३ प्रतिशत बढाउँदै नयाँ संख्या घोषणा गरिएको हो । त्यसरी क्यानडाले आप्रवासीहरूलाई स्वागत गर्ने नीति लिनुको कारण उक्त देशमा देखिएको कामदारको कमीलाई पूर्ति गर्नु हो।

अहिले पनि त्यहाँ हजारौँ जागिर खुले पनि दक्ष जनशक्तिको अभावमा त्यसको पूर्ति हुन सकेको छैन। क्यानडाको घोषणा ब्रिटेन जस्ता देशहरूले अपनाएको कडा आप्रवासी नीति विपरीत हो। अमेरिकामा पनि पछिल्ला निर्णयहरूले आप्रवासी नीति कडा पारिएको देखाएका छन्।

कोभिड महामारीका बेलामा खुला भएका पदहरूमा पनि जनशक्ति पूर्ति नभएपछि अहिले क्यानडाले लचिलो नीति लिएको हो। सरकारले सङ्केत गरे अनुसार धेरै क्यानेडियनहरूले जागिरबाट अवकाश लिइरहेका छन् र उनीहरूले छाडेपछि खाली भएको स्थान रिक्त नै रहेको छ।

यो कार्यक्रमले हाल सरकारी सहायतामा निर्भर रहेका शरणार्थीहरूको पुनर्वास पनि बढाउन खोजेको छ। यति ठूलो सङ्ख्यामा आप्रवासीहरूलाई स्वागत गर्न लागेको यो पहिलो पटक हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.