तपाइसँग रहेको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ कि छैन ? यसरी हेर्नुहोस्

तपाइसँग रहेको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ कि छैन ? यसरी हेर्नुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ।

एमडीएमएसको बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका हुन्।

सञ्चार सचिव वैकुण्ठ अर्याल, मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक मल्होत्रा, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक सुरेन्द्र लाल हाडा लगायतको उपस्थितिमा एमडीएमएस सार्वजनिक भएको हो।

हुन त यो नियम नयाँ होइन। गत वर्ष पनि साउन १ गतेबाट यो लागु हुने भनिएको थियो तर हुन सकेन।

यो प्रणाली लागू भएपछि वैध रूपमा आयातित मोबाइल फोनहरूको मात्रै चल्छ। यससँगै अब भदौ ३० गतेपछी नेपाल भित्रने सबै मोबाइल अनिवार्य रुपमा दर्ता गर्नु पर्ने हुन्छ ।

विशेषगरी विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयनमा ल्याएको हो ।

प्राधिकरणमा दर्ता नभएका मोबाइल फोनहरु भोलीदेखि सञ्चालनमा नआउने बताइएको छ । भदौ ३० गतेभित्र ल्याइका मोबाइल भने यो प्रणालीमा स्वत दर्ता हुनेछन्।

प्राधिकरणमा दर्ता गर्नका लागि मोबाइको आईएमईआई नम्बर आवश्यक पर्छ । https://mdms.nta.gov.np गएर दर्ता भए नभएको पत्ता लगाउन बा नभएको अवस्थामा प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सकिन्छ।

सिम कार्ड प्रयोग हुने हरेक उपकरणमा १५ अङ्कको आईएमईआई रहेको हुन्छ । जुन एक अर्कासँग मेल खाँदैन । एक किसिमले आईएमईआई नम्बर सिमकार्ड लाग्ने कुनै पनि उपकरणको परिचय हो ।

तपाईँले आफ्नो मोबाइलमा *#06# डायल गरी त्यसको आईएमईआई नम्बर पत्ता लगाउन सक्नुहुन्छ ।

नयाँ मोबाइल सेटको बक्समा आईएमईआई नम्बर दिइएको हुन्छ । अब आईएमईआई नम्बर पत्ता लगाइसकेपछि यहाँ क्लिक गर्नुहोस् र त्यसलाई भित्रको खाली बक्समा राखेर निलो रङ्गको बटनमा थिच्नुहोस् ।

यति गरेसँगै उक्त मोबाइल प्राधिकरणको एमडीएमएसमा दर्ता रहेनरहेको तथा प्रयोगमा आएनआएको जानकारी थाहा पाउन सकिन्छ । त्यसो त प्राधिकरणले आजै दर्ता भएका मोबाइलहरुमा एसएमएस पठाउन शुरु गरेको छ । साथै प्राधिकरणले बिहीवारपछि खरिद गर्दा मोबाइल सेट नेपाल दूरसंचार प्रणालीको एमडीएमसी प्रणालीमामा दर्ता भए रनभएको एकिन गरेर मात्रै खरिद गर्न अनुरोध गरेको छ।

चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।

यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।

Recent Comments

No comments to show.