add

राजमार्गमा फेला परेको अजिङ्गरको उद्धार






ActPro Nepal

|

२७ भदौ, २०७९

|
453

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलविरेमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ। 

मुग्लिन पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो।  सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिङ्गर देखा परेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरिएको थियो । वनको टोलीले अजिङ्गरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। 

उक्त अजिङ्गरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ । अजिङ्गरलाई वनमा लगेर सुरक्षितरुपमा छाडिने उनले बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.