add

अलिबाबाले बर्खास्त गर्‍यो दश हजार कर्मचारी






ActPro Nepal

|

२७ साउन, २०७९

|
642

काठमाडौं । विद्युतीय व्यापार (ईकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले ३ महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन् ।

सन् १९९९ मा स्थापना भएको अलिबाबाको गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्तविरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आय ४५.१४ अर्ब युआन थियो ।

सन् २०१५ मा डानियल झाङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत र २०१९ मा अध्यक्ष बनेपछि अलिबाबामा व्यापक फेरबदल भएको थियो । त्यसै वर्षको जुलाइमा कम्पनीले हङकङमा प्राथमिक सूचीकरणका निम्ति आवेदन गर्ने घोषणा गरेसँगै मुख्यभूमि चीनका लगानीकर्ताले पूँजी परिचालनको अवसर पाएका थिए ।

न्यूयोर्क स्टक एक्सचेञ्जमा समेत सूचीकरण भएको पहिलो ठूलो कम्पनी बन्न अलिबाबा सफल भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.