add

रक्षाबन्धन तथा क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी






ActPro Nepal

|

२७ साउन, २०७९

|
725

काठमाडौं । जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो । क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन । 

क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।

क्वाँटीको फाइदा अनेक

बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।

क्वाँटीबाट ‘कम्प्लिट प्रोटिन’ अथार्त पूर्ण प्रोटिन पाइने पोषणविद् बिनिता पन्त बताउनुहुन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ । 

पोषणविद् पन्तका अनुसार यसमा भिटामिन ‘बि’ का सबैजसो प्रकारहरु पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीहरुलाई फाइदाजनक हुने पन्त भन्नुहुन्छ ।

मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ । तर प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्‍याउनु पर्ने पन्तको भनाइ रहेको छ ।

त्यसो त क्वाँटी बनाउने बिभिन्न तरिका हुन सक्छन् । कसैले भुटेर त कसैले झोल राखेर साकाहारी स्वादको क्वाँटी पकाउँछन् । कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी बनाउँछन् । यहाँ साकाहारी क्वाँटी बनाउने उपाय दिइएको छ :

के–के सामाग्री जुटाउने

– टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम

– ज्वानो– १० ग्राम

– सौफ– ५ ग्राम

– तोरी– ५ ग्राम

– करी पाउडर– ५ ग्राम

– काटेको/पिनेको लसुन– १० ग्राम

– काटेको/पिनेको अदुवा– १० ग्राम

– ताजा रातो खुर्सानी– ५ ग्राम

– बेसारको धुलो– ५ ग्राम

– काटेको प्याज– २० ग्राम

– काटेको गोलभेडा– ४० ग्राम

– स्वाद अनुसार– नुन

– काटेको हरियो धनियाँ– ५ ग्राम

क्वाँटी खानुको रहस्य

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । क्वाटी जनै पूर्णिमाको विशेषता नै हो । त्यसैले पनि क्वाटी किन्नका लागि बजारमा बिशेष घुइँचो देखिन्थ्यो भने व्यापारीहरु क्वाटी बेच्न व्यस्त थिए ।

परम्पराअनुसार क्वाटी खाने चलन भएकाले सर्वसाधारणले क्वाटी किनेको बताँउछन् । तर क्वाटीको मूल्य भने विगतको जस्तो छैन । पहिलेदेखि नै चलिआएको परम्परा भएकाले आकाशिएको मूल्यमा नै क्वाटी किनेको उनीहरुको भनाई छ । विहान बाह्रमणले जपेको तावा हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो ।

क्वाँटी तयार गर्ने तरिका

नौ प्रकारका गेडागुडीहरु (जस्तै चना, केराउ, सिमी, बोडी, मास, सानो केराउ, बक्कुला, राज्मा, भटमास लगायतका कम्तीमा ९ थरीका गेडागुडीहरु) २ दिनअघि नै भिजाएर पक्कै राख्नु भएको होला । यो सामाग्री तयार गर्नुहोस् । माथि दिइएका अन्य समाग्री पनि किचनमा तयार गर्नुहोस् ।

प्रेसर कुकरमा तेल तताउनुहोस् ।

तेल तातेपछि ज्वानो, सौंफ र तोरी फुराउनुहोस् । एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो खुर्सानी पनि राख्नुुहोस् र २–३ मिनेट भुट्नुहोस् ।

अब, मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस् ।

करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र पुनः २–३ मिनेट भुट्नुहोस् ।

केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुरिदिनुहोस् ।

ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।

क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।

अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो ।

क्वाँटीलाई अझ स्वादिलो बनाउन गरम मसला पनि राख्न सकि५न । साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर क्वाँटी झान्न पनि सक्नुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.