add

बैंक अफ काठमाण्डूले ल्यायो ‘रिकरिङ्ग र रिभर्स रिकरिङ्ग’ खाता योजना, यस्ता छन् विशेषता






ActPro Nepal

|

२४ साउन, २०७९

|
821

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बीओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरू सार्वजनिक गरेको छ ।

विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् ब्याजदर सहितको वित्तीय व्यवस्थापनको सुविधाहरू भएको यस निक्षेप खाताहरूले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकताहरू सहज रुपमा व्यवस्थापन हुन्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले वित्तीय व्यावस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको हो ।

यस निक्षेप खातामा बैंकले खातावाहकलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । यस खातामा न्यूनतम् १ हजार रुपैयाँदेखि बचत गर्न सकिन्छ । साथै, आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ ।

यदि रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेको छ ।

बीओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजानीक गरेको हो । खातावाहकले वर्तमानको वित्तीय व्यवस्थापन सहित आर्कषक ब्याजदरको व्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुविधा रहेको छ ।

न्यूनतम् कुल मौज्दात रु २ लाख भएको यस खातामा ग्राहकलार्ई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको छ ।

साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.