काठमाडौं । ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मङ्गलवार देखि बिहान ११ बजेबाट नै खुलाउने भएको हो।
सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।
‘राहदानी विभागले मङ्गलवारबाट प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।
विभागले हाल २ हजार ४ सय जनाका लागि प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब यसको कोटा पनि बढाउने तयारी गरेको छ। प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ।
यसरी भर्नुहोस्
अनलाइन आवेदन भर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् र आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुहोस् । अब यदि तपाईंसँग यसअघि नै एमआरपी पासपोर्ट छ भने रिन्युअल (Renewal) र पहिलो पटक राहदानी बनाउँदै हुनुहुन्छ भने न्यु (New) विकल्प छानेर फाराम भर्नुहोस् ।
नेपालमा फाराम बुझाउनेको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला अथवा तोकिएका इलाका प्रशासन कार्यालय छान्न सक्नुहुन्छ र जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र आवेदन दिनुपर्ने हुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।