काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सिंहदरबारमा बुधवार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रवार बुझाउने तयारी गरेको समिति सभापति सुरेन्द्र अर्यालले बताए ।
उनले औपचारिक र अनौपचारिक रूपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने दाबी गरे । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाई छ ।
सचिव अर्यालले बिहीबार साढे १२ बजे पुनः बैठक बस्ने जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।