add

सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह






ActPro Nepal

|

१० साउन, २०७९

|
815

काठमाडौं ।  सभामुख अग्नि सापकोटाले संसद् बैठकमा सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा कोरोना संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सभामुख सापकोटाले सांसदहरूलाई आग्रह गरेका हुन्।

सभामुख सापकोटाले भने, ‘कोभिड–१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ । तसर्थ संसद्का बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन आग्रह गर्छु।’ नेपालमा सोमबार मात्रै ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.