add

ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब बढी नाफा,प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

६ साउन, २०७९

|
594

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब नाघेको छ । 

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ५ अर्ब २० करोड ६४ लाख ५५ रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको भन्दा २५ प्रतिशतले बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १६ करोड ५१ लख ५२ रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.२७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २०.४२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.३७

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २०.४२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.३७ प्रतिशत र कर्जा १३.०७ प्रतिशत बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.