add

१९ जीवन बीमाको कुल बीमा शुल्क आर्जन एक खर्ब ३९ अर्ब, पहिलो नेपाल लाइफ, अन्य कम्पनीकाे कति?






ActPro Nepal

|

४ साउन, २०७९

|
1032

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीहरुले एक खर्ब ३९ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

१९ जीवन बीमा कम्पनीहरुले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुले १४.८७ प्रतिशतले मात्रै बृद्धि गर्न सफल भएका छन् । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन एक खर्ब २१ अर्ब रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ । नेपाल लाइफले यस वर्ष ३५ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा एक चौथाइ रहेको छ । दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले गत आर्थिक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ छ । पाँचौ स्थानमा युनियन लाइफ छ । युनियनले ८ अर्ब ९ करोड रुपैयाँ आर्जन गर्दा छैठौ स्थानमा रहेको एशियन लाइफले ७ अर्ब १७ करोड आर्जन गर्न सफल भएको छ । सिटिजन लाइफ सातौ नम्बरमा पर्न सफल भएको छ । सिटिजनले गत आर्थिक वर्षमा ५ अर्ब ४० करोड आर्जन गरेको छ ।

बाँकी कम्पनीहरु क्रमश मेट लाइफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ तीन अर्ब ९४ करोड, ज्योति लाइफ तीन अर्ब ८० करोड, आइएमई लाइफ तीन अर्ब ५३ करोड, सन नेपाल लाइफ तीन अर्ब ३६ करोड, रिलायन्स लाइफ तीन अर्ब १२ करोड, गुराँस लाइफ तीन अर्ब ८ करोड, प्रभु लाइफ दुई अर्ब ३९ करोड, सानिमा लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफको एक अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.