काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ४२ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा साउन ८ देखि २०८० असार २८ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३३ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ६ करोड ३० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ करोड १० लाख रुपैयाँ गरी कूल ३३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई साउन ४ गते १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।
यस्ता छन् शर्तहरुः
-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।
-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।
-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।
-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।