add

पशुपति क्षेत्रमा विविध किसिमका क्रियाकलाप गर्न रोक, के-के गर्न पाइदैन् ?






ActPro Nepal

|

१ साउन, २०७९

|
1428

काठमाडौं ।   पशुपति क्षेत्रमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न क्रियाकलाप भएको भन्दै त्यसमाथि रोक लगाइएको छ।

पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै बिहानको समयमा श्लेष्मान्तक वन, भण्डारखाल र मृगस्थलीमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न किसिमका गतिविधिहरु भएकोले साउन १ गते देखि रोक लगाएको जनाएको छ।

कोषले जनावरदेखि साधुसन्तको ध्यान र पूजामा समेत अवरोध भएको भन्दै यो निर्णय लिनु परेको बताएको हो।

कोषले बिहान ब्याटमिन्टन, फुटबल, भलिवल खेल्ने, चर्को संगित/साउण्ड सहित जुम्बा डान्स गर्ने, साइकिलिङ तथा योगका नाममा अप्राकृतिक विविध किसिमका क्रियाकलाप गर्न रोक लगाएको हो।

यस्ता क्रियाकलापले यस क्षेत्रमा रहेका मृग, बाँदर तथा अन्य पशुपंक्षिहरुको दैनिक जीवन प्रकृयामा अवरोध तथा यस क्षेत्रमा साधु सन्तहरुको ध्यान एवं पूजामा समेत अवरोध भएको सूचनामा जनाइएको छ। यस्ता क्रियाकलाप गर्नेमाथि कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

तर, यस क्षेत्रमा हरेक बिहान हुने विभिन्न प्रकारका खेल, चर्को संगितमा गरिने जुम्बा डान्स, योगका नाममा हुने अप्राकृतिक क्रियाकलाप बढेको गुनासो आएको कोषले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.