काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँन प्रयाेग गरिएकाे १०३ किलो ७७३ ग्राम सुनमा अनियमितता भएकाे पाइएकाे छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेके ५९औं प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ। त्यसबेलाको मूल्यअनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँबराबरको सुन गायब भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
जलहरी राख्ने समयमा कोषले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा रुपैयाँ खरिद गरेको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण, तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम रहेको उल्लेख गरिएको थियो।
निर्मित जलहरी, जलधारा, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५ सय १४ ग्राम रहेको र बाँकी रहेको १० किलो ९ सय ७६ ग्राम सुनको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएको छ। तर, बनाउने भनिएको रिङ नै बनाएको नदेखिएकोले त्यो परिमाणको सुन गायब गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन नियमावलीअनुसार दाताहरूबाट प्राप्त चन्दा अनुदान भेटीघाटीगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। संचालक परिषद्को २०७७ साल माघ १४ गतेको बैठकले सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दातामार्फत् सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय भएको थियो। तर, सो ज्याला दातामार्फत बेहोरेको रकमको हिसाब पनि लेखांकन नगरिएको पाइएको छ। जबकि, पशुपतिमा जम्मा हुने भेटीमात्रै होइन, दान, चन्दालगायत सम्पूर्ण कोषको खातामा जम्मा हुनुपर्ने व्यवस्था छ।
जलहरी निर्माण कार्यका लागि पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिन्समार्फत् निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण समेत पेश नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ। सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने उल्लेख गरेकोले दाताबाट प्राप्त नगद एवम् जिन्सी आम्दानी खर्चको विवरणसमेत उल्लेख नगरिएको समेत प्रतिवेदनमा उल्लेख गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।