काठमाडौँ । काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेलीले मादी पावरका जेनेरल म्यानेजर विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरे ।
साथै, इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८/७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।