add

काकाबाट भतिजी बलात्कृत, न्याय दिलाउन आग्रह






ActPro Nepal

|

१७ असार, २०७९

|
775

काठमाडौ । खोटाङकी एक युवती आफ्नै काकाबाट लामो समयदेखि बलात्कृत हुँदै आएको खुलेको छ ।

०७१ साल मंसिरमा आफ्नै काकाबाट बलात्कारको शिकार भएको तर कहीँबाट न्याय नपाएको भन्दै उनी टिकटकमा सहयोगको याचना समेत गरेकी छिन। 

‘बलात्कृत भएपछि म भक्तपुरको ठिमी प्रहरी कार्यलयमा पनि गएँ,’ उनले घटनाबारे भनेकी छिन्, ‘जाहेरी दर्ता पनि दर्ता भयो तर न्याय पाइनँ। त्यहाको पुलिसले २–४ महिना खोज्यो पनि। तर त्यसपछि समातेन। पुलिसकोमा मलाई उल्टै हकार्यो। यतिसम्म कि त्यहाँको महिला प्रहरीले 'तपाईंको मात्रै काम छ, तपाईंलाई मात्रै हेर्ने हो र! काम भएपछि तपाईले थाहा पाइहाल्नुहुन्छ नि!' भन्दै हप्काउनुभयो। अदालतमा पनि फाइल दर्ता भएन। पैसाको चलखेल भयो।’

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

प्रहरीले त्यतिबेला पैसा खाएर यो केसलाई यत्तिकै मत्थर बनाएको उनको आरोप छ। ‘म यो कुरा लिएर महिला आयोग, माइती नेपाल, मिडिया गएँ  तर जहाँ पनि आशमात्रै देखाइयो , केही गरिएन ,’ उनले भनेकी छिन्, ‘‘दुइ वर्षअघिमात्रै महिला आयोग जाँदाखेरी त्यहाँका महिलाहरुले ‘यत्रो वर्ष भयो, अब त्यो कुरालाई बिर्सेर अघि बढ्ने हो, झमेलामा किन फस्नु!’ भनेर उल्टै फर्काइदिए। जति वर्ष भएपनि भोगेको त मैले हो, अहिलेसम्म पनि भोगिराछु, त्यो कुराले मलाई अघि बढ्न दिएको छैन।’

टिकटक लाइभमा उनले अनुहार देखाएकी छैनन्, मास्क लगाएकी छिन्। ‘म नाम पनि रिभिल गर्छु। सबैथोक भन्छु तर न्याय पाउनेमा ढुक्क भएपछि मात्रै,’ उनले भनेकी छिन्। 

सौन्दर्य प्रतियोगीको घटना सम्झिँदै त्यतिबेला किन बोलिनस् भन्ने प्रसंगको पनि जवाफ दिएकी छिन्।‘उहाँलाई त्यतिबेला किन बोलिनस् भन्ने प्रश्न उठ्यो तर मैले त बोलेको थिएँ तैपनि पनि न्याय पाइनँ। मलाई विश्वास छ, उहाँले पनि त्यतिबेला बोलेको भए न्याय पाउनुहुन्थेन।’ 

‘यत्रो वर्ष एक्लै लड्दा लड्दा थाकिसकेँ। न मलाई परिवारले साथ दिन्छ, न पुलिसले साथ दिन्छ, न मिडियाले,’ उनले टिकटकमार्फत सबैलाई आफ्नो न्यायका लागि लडिदिन आग्रह गरेकी छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.